Back to Gallery
यो ऐतिहासिक ढुंगेधारा लैनचौरमा छ। KMC ले लाखौ रुपया खर्च गरेर मर्मत गर्यो, सफासुग्घर बनायो। तर आफ्नै टोलका मान्छेहरूले फोहोर फाल्न छाडेनन्। वास्ता नगर्दा फेरि पहिले को अवस्थामा पुग्न केही बेर लाग्दैन।
हरेक कुरामा सरकारको मुख ताक्नु हुँदैन। फोहोर व्यवस्थापन हाम्रो आफ्नो पनि जिम्मेवारी हो। यो कुरा हामी सबैले बुझ्नुपर्छ, र लागू गर्न पर्ोछ ।
यो हाम्रो सिल्वर माउंटेन को छेउमा छ। यो धारालाई फेरि जीर्ण अवस्थामा पुग्न दिन हामीलाई मन छैन, त्यसैले हामी बेला बेलामा सफा गर्छौं। तर यो त सामुदायिक सम्पत्ति हो। यसको ख्याल राख्ने जिम्मा समुदायको हो, हामी सबैको हो।
यो र यी जस्ता धेरै ऐतिहासिक धरोहर हामी वरपर नै छन। यो हाम्रो संस्कृति हो, हाम्रो पहिचान हो। यस्ता सम्पदा जोगाउने काम अरु कसैको होइन, हामी आफैले एक असल नागरिक को पहिचान दिने काम हो।
Silver Mountain आफ़नो तरीकाले हाम्रो विद्यार्थीलाई यी लगायत एस्ता कार्यक्रममा सहभागी गराउछौ। यो पनि सिकाईको एक पाटो हो। तपाई ले नी? #KMC #heritage